मेयर ममताप्रसादमाथि गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथि खुकुरी र गोली प्रहार भएको छ ।
घोडाघोडी नगरपालिका–१ सुखडस्थित आफ्नै घरमा रहेको बेला साढे ८ बजेतिर अज्ञात समूहबाट टाउकोमा खुकुरी प्रहार भएको र खुट्टामा गोली लागेको छ ।
गोली र खुकुरी प्रहारबाट घाइते चौधरीलाई स्थानीय घोडीघोडी अस्पतालबाट अन्यत्र रेफरको गरिएकाे छ ।