FAQs Complain Problems

खेलकुद क्षेत्रको विकास लगायत अतिरिक्त कृयाकलापहरूमा घोडाघोडी नगरपालिकाले गरेको योगदानको कदर स्वरूप राष्ट्रिय खेलकुद परिषदद्वारा देशैभरिबाट एकमात्र सर्वाेउत्कृट नगरपालिका घाेषणाभई सम्मानित भएकाेमा नगरवासीलाई हार्दिक बधाई ज्ञापन गर्दछाैं ।

Read More

नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र घोडाघोडी नगर अस्पताल, घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको जानकारी गराउदछाै ।

Read More

घोडाघोडी नगरपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बीच घोडाघोडी नगरपालिकाका बासिन्दाहरुलाई निशुल्क रगत उपलब्ध गराउन असोज १ गते देखि लागु हुने गरि सम्झौता पत्रमा हस्ताक्षर गरियो ।

Read More

संक्षिप्त परिचय

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका,उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा  साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । विकासको मुल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुुस गरेको पाइन्छ ।  यस नगरपालिकामा विभिन्न भाषा, सँस्कृति, रितिरिवाज तथा चालचलन भएका समुदायको वसोवास रहेको छ । विभिन्न चुनौति र सम्भावना बोकेको यस नगरपालिकामा पर्यापर्यटन चिनारीको मुल आधार वन्न सक्ने देखिन्छ । सूचना र सञ्चारको क्षेत्रमा खासै विकास भएको छैन । आधुनिक प्रविधिको प्रयोगले मात्र वदलिदो संसार सँग परिचत हुन सकिन्छ  त्यसैले सूचना प्रविधिको विकास गरि यस नगरलाई सूचना मैत्री नगरको रुपमा विकास गर्न सकिन्छ । यस नगरमा केहि मात्रामा मात्र उद्योग थालनी भएको छ , साना साना बजार मार्फत व्यापार व्यवसाय भैरहेको छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायको विकास गरि जनताको आयस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरमा बसोवास गर्ने नागरिकको जीवन स्तर सामान्य भन्दा पनि कमजोर रहेको छ ।  समाजमा पछाडी परेका वर्गलाई विकासको मुल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने देखिन्छ । सबै नगरवासीहरुले यस नगरको विकास भए मात्र हाम्रो विकास हुन्छ भन्ने मान्यतालाई आत्मसात गरि अगाडी वढेमा यो कुरा धेरै टाढा छैन । यस नगरको विकासका लागि कुनै व्यवस्थित योजना नै छैन । अव्यवस्थित बसोवास रहेको छ । विकासको सम्भावनाका क्षेत्र नै पहिचान भएका छैनन । नगरपालिकाका विभिन्न क्षेत्रको नक्सांकन गरि कुन क्षेत्रमा कस्तो खालको विकास आवश्यक छ ? कुन क्षेत्रलाई कुन रुपमा विकास गर्न सकिन्छ ? यसका सम्भाव्यता अध्ययन गरि काम गर्दा व्यवस्थित नगरको रुपमा यसलाई अगाडी बढाउन सकिन्छ । नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनु पर्ने देखिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी,सडक,यातायात,विद्युत तथा सञ्चारको विकास सबै वडामा भएको छैन । यसको पहिचान गरि विकास गर्न सकेमा हाम्रो नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । यसै कुराहरुलाई मध्ये नजर गरि आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । समग्रमा हाम्रो नगरपालिकाका केही विशेषताहरु निम्नानुसार छन् ।

कैलालीमा घोडाघोडी नगरपालिका
    सबैभन्दा बढि सामुदायिक वन भएको ।
    सबैभन्दा बढि तालतलैया भएको ।
    सबैभन्दा धेरै मुक्त कमैया शिविर ( १२ वटा) भएको । 
    सबैभन्दा धेरै गरिव वसोवास भएको ।
    क्षेत्रफलका हिसाव सबैभन्दा ठूलो भएको ।
    विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र अन्य पर्यटकिय ताल भएको ।
    वसन्ता जैविक मार्ग सँग जोडिएको । 

Pages

सूचना तथा जानकारी

जनप्रतिनिधि

नगर प्रमुख
९८६८६५५२९३
उप– प्रमुख
९८६२४८७१९१
नगर प्रवक्ता
९८४८४२३९६८

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८४३८१११
ghodaghodimun@gmail.com
शाखा अधिकृत / सूचना अधिकारी
९७६६४०७५५५
ggmsuchanaadhikari@gmail.com