FAQs Complain Problems

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) सम्बन्धि सार्वजानिक सुचना

प्रथम पटक प्रकाशितः २०७६।११।०२
प्रस्तावकको नाम ः घोडाघोडी नगरपालिका, सुखड, कैलाली 
प्रस्तावको नाम ः घोडाघाडी नगरपालिकाको वडा नं. १ मा निर्माण हुने नगर कार्यपालिकाको भवन क्षेत्र र वडा नं. १, ४, ५, ६, ७, ८, ९, १०, १२ मा निर्माण हुने वडा कार्यालयको भवनहरु  (योजना संख्या १०) 
यस नगरपालिकाद्वारा माथि उल्लेखित प्रस्तावहरुको कार्यन्वयन गर्न सो प्रस्तावहरु कार्यन्वयन गर्नु अघि उक्त प्रस्तावहरुको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) तयार गर्ने  क्रममा त्यस क्षेत्रहरुको भौतिक, जैविक, सामाजिक, आर्थिक एवं सांस्कृतिक अवयवहरुमा पर्न सक्ने सम्भावित प्रभावहरु पहिचान, अनुमान एवं मुल्याङ्कन वा न्युनिकरणका उपायहरुको बारेमा त्यस क्षेत्रका सरोकारवाला व्यक्ति, निकाय एवं संघ संस्थाको राय सुझाव लिन वातावरण संरक्षण नियमावली २०५४  बमोजिम सुचना प्रकाशित गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरी राय, सुझाव उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ । साथै यस बमोजिमको राय सुझाव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा समेत पठाउन सकिने छ । 

राय सुझाव पठाउने ठेगानाः 
घोडाघोडी नगरपालिका, सुखड, कैलाली 
इमेल ः ghodaghodimun@gmail.com
 

Act, law and directives

Act, law and directives